सुष्मा कार्कीलाई स्टेजमै भ्याई नभ्याई

शनिबार, ०५ फागुन २०७४, १७ : ३७
सुष्मा कार्कीलाई स्टेजमै भ्याई नभ्याई

नायिका सुष्मा कार्कीले वुधबार आफ्नो जन्मदिन सेलिव्रेशन गरिन् । आफन्त, साथीभाई र केहि मिडियालाई बोलाएर उनले केक काटिन् । केक काट्ने क्रममा सुष्मा निकै हट देखिएकी थिइन् । रातो वन पिस पहिरनले काठमाण्डौको जाडो छेक्ने कुरै थिएन । तर, सुष्माले भनिन्–‘म सधै नै हट छु । हट नै रहिरहन्छु ।’

सुष्माले अहिलेको आफ्नो चलचित्र करिअरलाई सुखद भनेकी छिन् । उनले भनिन्–‘म चलचित्र खेल्न भ्याउदिनँ । मेरो व्यस्तता विदेशमा हुने स्टेज कार्यक्रममा बढी छ । अझ, भनौ भने म नेपालमा धेरै बस्नै पाउँदिनँ ।’सुष्मामाले प्रेमको बिषयमा पनि मुख खोलिन् । आफू, अहिले सिंगल रहेको तर मिंगल हुने तयारीमा रहेको उनको भनाई थियो । सुष्माका अनुसार, उनले अहिले आफ्नो करिअरको बिषयमा खासै केहि पनि सोचेकी छैनन् ।

अहिले, नायिका कार्कीको व्यस्तता चलचित्रमा भन्दा स्टेज कार्यक्रममा बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस