काठमाडौँ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । कोरोनाको संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाउनकै लागि संघिय संसदको दुवै सदनको बैठक स्थगित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभामा कांग्रेसको अवरोध