काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेको दुई साता बित्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई सकेसम्म ६ महिना त्यो सम्भव नभए कम्तीमा एक महिना आराम गर्न सुझाव दिएका थिए ।
टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी १२ दिनपछि गत शुक्रबार बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीले आफ्नो व्यस्तता बढाएका छन् । आइतबार साँझ सिंहदरबार पुगेर उनले सार्क राष्ट्रका प्रधानमन्त्रीहरुको भिडियो कन्फरेन्समा सहभागिता जनाएका थिए ।
चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई यति चाँडै बाहिरी कार्यक्रममा नजान सुझाव दिएका थिए । तर, यो सुझावविपरित आफ्नै स्वास्थ्यलाई वेवास्ता गर्दै हिँडडुल र भेटघाट बढाएपछि स्वयम् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरु नै चिन्तित बनेका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह पनि प्रधानमन्त्री ओलीले सक्रियता देखाउने बेला नभएको बताउँछिन् । ‘सुतेर नै बस्नुपर्छ भन्ने होइन, तर उहाँको घाउ नै ठिक भइसकेको छैन । त्यसका लागि हामीले १ महिना रेष्ट गर्नुपर्छ भनेका हौँ’, उनले भनिन्, ‘आइतबार महत्त्वपूर्ण कार्यक्रम भएकाले पनि प्रधानमन्त्री सिंहदरवारमा भएको भिडियो कन्फरेन्समा सहभागी हुनु भएको हो । अब त्यसरी बाहिर जानुहुन्न । हामी त्यस्तो सल्लाह दिदैनौं ।’
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले प्रधानमन्त्रीले यति चाँडो सक्रियता देखाउनु हतार र खतरा रहेको बताउँछन् । उनले आफ्नो अनुभवमा मिर्गौला प्रत्यारोपण गरेको मान्छे यति छिटो सक्रिय भएको नदेखेको भन्दै ६ महिना रेष्ट गर्नु नै बुद्धिमतता हुने सुझाव दिए । ‘हुन त उहाँका लागि चिकित्सकको टोली नै छ । उहाँले चिकित्सकले भनेको पनि मान्नुहुन्छ भनेको सुनिन्छ । यो सुन्दा चिकित्सक टोलीकै सुझावमा उहाँको सक्रियता बढेको बुझ्नुपर्ने हुन्छ’, डा. काफ्लेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०७६, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली
सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री ओली
तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली
ठूला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने