पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरु संग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले बजारमा ग्याँसको अभाव सृजना भएको खाद्यानमा मृल्यबृद्धि भएको , सामानको कृतिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिए ।
आइतबार परेको विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यनमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे ।
अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनकोक्रममा उपभोक्ताले स्टक राख्ने, ब्यपारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान, एलपी ग्याँस र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए । शर्माले पनि उपभोक्ताले स्टक राख्दा बजारमा समस्या देखिएको बताए । मास्क कालोबजारी गर्नेलाई कारावाही भएको भन्दै बजार अनुगमन तिव्ररुपमा गरिएको बताए ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताए । अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका ब्यथिति अन्त्यगर्न सवै लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै
वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के
शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको छड्के अनुगमन
प्रतिवेदन सार्वजनिक नगरेकोमा अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन