काठमाडौं । मृगौला पूनः प्रत्यारोपण गरेर शुक्रबार १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि अस्पताल जादैंछन् ।
शनिबार आफ्नै निवासमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेलसहितका प्रधानमन्त्रीका निजि सचिवालयका सल्लाहकारहरु र उपप्रधान तथा रक्षामन्त्री इश्वरपोखरेलसँग फरक – फरक समयमा भेटघाट गरी आफनो क्रियाशिलता वढाउने संकेत गरेका प्रधानमन्त्री ओली आज अस्पताल जान लागेका हुन् ।
ओलीलाई शुक्रबार मात्र डाक्टरहरुले अस्पतालवाट डिस्चार्ज गरेका थिए । उनलाई एक महिनासम्म उच्च डोजको औषधी चलाईएको छ भने संक्रमणबाट जोगिनका लागि विशेष सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा कुनै समस्या देखिएर अहिले अस्पताल जान भने लागेका होइनन् । उनको फलोअप परिक्षणका लागि अस्पताल जान लागेको उनको नीजि सचिवालय स्रोतले बताएको छ ।
उनका निजी चिकित्सक डा. दिब्या सिंह लगायतको टोलीले उनको बालुवाटारमै पनि उच्च निगरानी बढाईरहेको छ । ओली त्रिवि शिक्षण अस्पताल जाने र स्वास्थ्य फलोअप परिक्षण गरेर पूनः निवास फर्किने कार्यक्रम रहेको छ । साँझ ५ बजे भने उनी सिंहदरवार पनि जानेछन् । त्यहाँ उनले सार्क राष्ट्रका नेताहरुका बीचमा हुन लागेको भिडियो वार्तामा सहभागीता जनाउनेछन् । त्यसैका लागि उनले सिंहदरबार जाने तयारी पनि गरेको उनका परराष्ट्र सल्लाहकार डा. राजन भटटराईले जानकारी दिएका छन् ।
ओलीको २१ फागुनमा देश्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यस अगाडी २०६४ सालमा पनि प्रधानमन्त्री ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली
सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री ओली
तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली
ठूला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने