चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
यसका साथै, २ वर्षमा गाउँमा पिउने पानी र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने सडक निर्माण गर्ने निर्णय भएको छ’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका बस्नेतले भने ।
त्यस्तै त्यस्तै ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार अस्पताल स्थापना, सुविधासम्पन्न सम्मेलन केन्द्र खेल मैदान निर्माण, प्रदेशमा बोलिने भाषाको संरक्षण लगायतका आठ निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस