काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएपछि चिकित्सकहरु छलफलमा बसेका छन् । प्रधानमन्त्रीको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा योजनामा बनाउन चिकित्सकहरु छलफलमा जुटेका हुन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए ।
प्रधानमन्त्री ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । अहिले भारतीय डाक्टर अनन्तकुमार र नेपाली चिकित्सक टोलीबीचको छलफल भइरहेको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीको अपरेशन सफल भएपछि पनि उनलाई पहिलेकै अवस्थामा फर्काउन प्रभावकारी उपचार योजना चाहिन्छ । स्रोतका अनुसार अहिले प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाको काम गरेको छ भने उनले पिसाव पनि गरेका छन् । तर ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरु छलफलमा जुटेका हुन् ।
चिकित्सकहरुको बैठक सकिएपछि चित्रि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै
अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री ओली
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ : प्रधानमन्त्री ओली