काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण शल्यक्रिया बुधबार दिउँसो तीन बजेतिर सम्पन्न भएको हो ।
चार घण्टा ४५ मिनेट लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । प्राध्यापक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेटमा अप्रेशन थिएटरमा छिराइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए ।
मंगलबार बेलुकादेखि नै प्रत्यारोपणका लागि लागि आवश्यक औषधि दिन सुरु गरिएको थियो । ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी छिन् । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०७६, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री