विर्तामोड । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले झापाको सुखानी पुगेर सुखानी स्मृति दिवस मनाएको छ। वि.स.२०२९ साल फागुन २१ गते झापाको चन्द्रगडीवाट इलाम जेल सार्ने नाममा सुखानीको जंगलमा लगेर तत्कालीन झापा विद्रोहका पांचजना योद्धाहरुलाई हत्या गरिएको दिनलाई सुखानी स्मृति दिवसको रुपमा मनाउने गरिन्छ ।
वुधवार विहान पांच सहिदहरुलाई हत्या गरिएको स्थलमा निर्मित सहिद स्तम्भमा पुगेर महान सहिदहरुलाई सम्मान तथा माल्यार्पण गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले वताए । श्रद्धाञ्जली कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , नेता सुरेन्द्र बस्नेत ,नेतृ सुनिता वरालले सुखानीका सहिदहरुको योगदानको स्मरण गरेका थिए।
सुखानीमा आज निर्धारण गरिएको नेकपाको श्रद्धाञ्जली तथा जनसभा विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएपछि अनेरास्ववियूले सुखानी पुगेर श्रद्धाञ्जली अर्पण गरिएको बस्नेतले वताए।कार्यक्रममा तत्कालीन झापा विद्रोहका नेता समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको थियोे ।
प्रतिक्रिया दिनुहोस