काठमाडौँ । ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि थप ऊर्जा र आत्मविश्वास लिएर आउनेछु’ भन्दै हिजो साँझ त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार हुने मिर्गौैला प्रत्यारोपणमा यसअघि उपचारमा संलग्न सिंगापुर र भारतका चिकित्सकहरू पनि सहभागी हुने भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने प्रत्यारोपणमा अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्राध्यापक डा।प्रेमराज ज्ञवालीले नेतृत्व गर्ने भएका छन् । त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार प्रत्यारोपण टिममा यसअघि उपचार गरिएको सिंगापुरको नेस्नल युनिर्भसिटी अस्पताल र नयाँ दिल्लीको एपोलो अस्पतालका चिकित्सक पनि सहभागी हुने छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको लागि शिक्षण अस्पतालमा नयाँ शल्यक्रिया कक्ष बनाइएको छ। उक्त कक्षका लागि सबै मेसिनहरु पनि नयाँ जडान गरिएको छ।
ज्ञवाली नेतृत्वको भारत र सिंगापुरका चिकित्सकहरुको टोलीले शल्यक्रिया सम्पन गरेपछि उपचारको नेतृत्व प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिब्या सिंह शाहले गर्नेछिन्।
प्रधानमन्त्रीले शल्यक्रियाका लागि यसअघि त्रिवि शिक्षण अस्पतालमै मुटुको परीक्षण गरिसकेका छन्। त्यस्तै आइतबार ग्रान्डी अस्पतालमा आन्द्राको कालोनोस्कोपी गरेका छन्। प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने र बुधबार शल्यक्रियाको तालिका तयार गरिएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्योवेला सफल प्रत्यारोपण गर्ने एपोलोका चिकित्सक पनि बुधबार हुने शल्यक्रियमा सहभागि हुनेछन्।
प्रधानमन्त्री ओलीलाई उनकै गृह जिल्ला झापाको चारआलीकी ३२ वर्षीया एक महिलाले मिर्गोैला दान गर्ने भएकी छन्। उनी सहित अरु दुई जनासँग पनि मिर्गौला प्रत्यारोपणका लागि क्रसम्याच गरिएको छ।
स्रोतका अनुसार ती महिलालाई प्रधानमन्त्री ओलीले धर्म छोरीको नाता कायम गरेका छन्। तर, पनि उनी ओलीको भाइतर्फबाट टाढाको नाता पर्छिन् । नेपालको कानुन अनुसार आफ्ना नातेदार अथवा धर्म छोरा र छोरीबाट मात्रै मिर्गौला दान लिन पाइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली
सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री ओली
तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली
ठूला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने