ओखलढुंगामा बम विस्फोट

शनिबार, ०२ मंसिर २०७४, १४ : ४०
ओखलढुंगामा बम विस्फोट

वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।

 वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र  नेकपा (माओवादी) केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।  नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ ।  विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस