चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्टिय सभामा लैजानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले एक\दुई दिनमा मान्ने बताउनुभएको छ ।
गृहजिल्ला चितवनका विभिन्न कार्यक्रमहरुमा सरिक हुन आउनुभएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीमा अहिले देखिएको विवाद सामान्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा यस्ता विवादहरु भइराख्छन् र समाधान पनि हुन्छन् ।’
अध्यक्ष प्रचण्डले ढिलोमा यही २१ गतेसम्म प्रधानमन्त्री ओलीले नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको लागि सिफारिस गर्ने बताउनुभयो । उहाँले सचिवालयले गरेको निर्णय उहाँ (प्रधानमन्त्री) ले मान्नुहुन्न भन्ने आफूलाई लाग्दै नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्नु भएन भने के गर्ने भन्नेतर्फ अहिले नलागौँ ।’
चुनावमा हार्नुभएका नेता गौतमलाई राष्ट्रिय सभामा लैजान किन परेको हो ? भनी पत्रकारहरुले जिज्ञासा राख्दा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चुनावमा कहिले हार कहिले जित भइरहन्छ, पहिला हारेकाहरुलाई मैले केके बनाएँ भन्नेकुरा सबैलाई थाहा छ, नेकपाको सचिवालयमा सभा सदस्य नहुनु भएको उहाँमात्र हो । उहाँ पार्टी, देशलाई चाहिने नेता हुनुहु्न्छ ।’
हालका अर्थमन्त्री युवराज खतिवडा राष्ट्रिय सभा सदस्य नभए पनि ६ महिना मन्त्री हुन पाउने अधिकार नै रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभयो, ‘६ महिनापछि के हुन्छ भन्नेतर्फ अहिले नलागौँ ।’ प्रधानमन्त्री र कांग्रेस नेता शेखर कोइरालाको भेटघाटको विषयमा अध्यक्ष प्रचण्डले नेताहरुसँग भेटघाट हुनु कुनै नौलो विषय नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पनि देउवाजीसँग भेटघाट गरेको छ, यो स्वभाविक प्रक्रिया हो ।’
पत्रकारसँग अध्यक्ष प्रचण्डले आफूले कुनै व्यापारीहरुसँग भेटघाट नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडियामा आएजस्तो मेरो कुनै व्यापारीसँग भेटघाट भएको छैन, यो कपोलकल्पित हो, भ्रामक हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०७६, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड
डोनाल्ड लुसँग ‘प्रचण्ड’ले भने-‘सत्ता–प्रतिपक्ष नभनी शान्ति प्रक्रिया टुंग्याउँदैछौं
नेपाललाई शान्तिको नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न जुटौं : प्रचण्ड
माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाती गर्नुपर्छ : जनार्दन शर्मा
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि