दाङ । कांग्रेस केन्द्रीय नेताहरुले सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले सोमबार घोराहीमा आयोजना गरेको ‘शान्ति प्रक्रियामा कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी नेताहरुले सरकार विभिन्न दलदलमा फसेको बताए ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले जनताको मतको सम्मान गर्न नसकेको बताए । भ्रष्टाचार र अनियमिततामा सरकारका जिम्मेवार व्यक्तिहरु जोडिदै जानु लज्जास्पद भएको उनले बताए । फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले सरकारले विभिन्न झुटा आश्वासन दिने र जनतालाई झुक्याउने काम गरिरहेको बताइन् ।
शान्ति प्रकृयासँगै देशलाई नयाँ गति दिन कोइरालाको योगदान अतुलनिय रहेको उनले बताइन् । केन्द्रीय सदस्य गगन थापाले सरकार संविधान कार्यान्वयनको पक्षमासमेत कमजोर देखिएको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले कोइरालाको योगदानको चर्चा गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ फागुन २०७६, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा