प्रदेश २ मा भाषा विवाद कायमै

विहीबार, ०३ फागुन २०७४, १६ : ५५
प्रदेश २ मा भाषा विवाद कायमै



काठमाडौं– प्रदेश २ मा चर्कीएको भाषा विवाद आज मन्त्रीहरुको सपथ सम्म पनि कायमै रहेको छ ।
मुख्यमन्त्रीसहित दुईजना मन्त्रीले सपथ लिदा छुट्टाछुट्टै भाषामा लिएका छन् । यी तीनजनाले तीनवटा भाषामा सपथ लिएका छन् ।

मुख्यमन्त्रीमा लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्रीमा विजय यादव र भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्र सोनलले सपथ लिएका हुन् ।

मुख्यमन्त्री राउतले भोजपुरी भाषामा सपथ लिएका छन् । भोजपुरी राउतको मातृभाषा हो । यद्यपी सपथग्रहणपछि उनले हिन्दी र नेपाली भाषामा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै मन्त्री यादवले आफ्नै मातृभाषा मैथिलीमा सपथ लिए भने अर्का मन्त्री सोनल हिन्दी भाषामा सपथ लिए ।  जो उनको मातृभाषा होइन ।
संसदमा लालबाबु राउत र जितेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेपछि विवाद शुरु भएको थियो ।

मधेशवादी दलले हिन्दीलाई मधेशको सम्पर्क भाषा बनाउनुपर्ने माग गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस