सौरहा । गायक प्रमोद खरेल १२ औ सरहा फुडफेष्टिवलमा दर्शक नचाएर धुलो उडाएका छन् । सौरहाको सिसुवार खेल मैदानमा बुधबार राती लगभग १० बजे स्टेजमा आएका प्रमोद खरेलले नेपाली क्रिकेट टिमले एसिसि क्यालिफायरमा छनोट भएको भन्दै खुसी व्यक्त गरे ।
‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ भन्दै आफ्नो संगितिक प्रस्तुती सुरु गरेका थिए । प्रेम दिवसको दिन प्रमोदको प्रस्तुतीको लागि दर्शकहरुले १० बजेसम्म नै प्रतिक्षा गर्नु प¥यो । उनले आफ्नो प्रस्तुतीमा ४ वटा गीतलाई दोहोरयार गाएका थिए । उनले ओए झुमा , चल बतास चल ,लागि लागि तिम्रै लागि, मेरो देश प्यारो नेपाल गीतमा उपस्थित दर्शकलाई धुमाए । कार्यक्रम ११ बजेसम्मका लागि निर्धारण गरिएको भएपनि उनले दर्शक बाट वान्स मोर आए पछि आफ्नो प्रस्तुतीलाई लम्बाएका थिए । ‘दन्तैमा नानी दन्तैमा’ बोलको नयाँ गीतमा पनि दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
त्यस्तै लोक तथा दोहरी गायीका पुर्णकला बिसिले पनि उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतीले झुमाएकी छिन् । मौसम जोडो भए पनि मोहोल एक पछि अर्को गीतसँगै तातिएको थियो । उनले भेट भाकै हो , मेरो होसै हरायो , गाई खाने ,दिल मेरो पुलिसवालाले बोलको गीतमा दर्शकलाई नचाएर स्टेज छोडेकी थिईन ।
प्रतिक्रिया दिनुहोस