माअोवादी नेता त्रिलोचन भट्ट ​प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्त

विहीबार, ०३ फागुन २०७४, १४ : ०३
माअोवादी नेता त्रिलोचन भट्ट ​प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै माओवादीले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको थियो ।

यसअघि माओवादीभित्र कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा भए पनि भट्टको नाम एकाएक सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस