भरतपुर / गैर सरकारी संस्था स्वस्तिक नेपालले आमाको माया छात्रबासमा सहयोग गरेको छ । संस्थाको (आज) बिहिबार परेको १२ औं स्थापना दिवसको अवसरमा भरतपुर १२ मा रहेको आमाको माया छात्रवासमा रहेका वालिकाहरुलाई एक छाक खानाको व्यवस्था गरेको हो । त्यस्तै छात्रबासलाई ५ हजार १ सय रुपैया आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष बालकृष्ण कंडेलले जानकारी दिनुभयो । स्वस्तिक नेपालका संस्थापक अध्यक्ष हिरामान मर्हजन प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पुर्व अध्यक्षहरु सुदिप सिंह अधिकारी ,महेन्द्र बहादुर कार्की ,आमाको माया छात्रबासकी प्रमुख कृष्ण कुमारी गिरिले मन्त्वय व्यक्त गर्नुभएको थियो ।
वि.स २०६३ सालमा स्थापना भएको संस्थाले शिक्षा र स्वास्थ्य एवम् पारिवारिक लगाएतका विभिन्न तालिमहरु प्रदान गर्ने गरेको संस्थाका सदस्य अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस