मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

विहीबार, ०३ फागुन २०७४, १२ : ४३
मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

उर्लाबारी, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ ।

आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।

राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउनुहुनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस