अध्ययन गर्नका लागि पत्रिका बेच्ने एक यूवकको मृत्यू

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, २१ : २३
अध्ययन गर्नका लागि पत्रिका बेच्ने एक यूवकको मृत्यू

प्रतिकात्मक फोटो

काठमाडौँ । धनुषामा पत्रिका बेचेर विद्यालयमा अध्ययन गर्दै आईरहेका एक युवकले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

धनुषाको मिथिला नगरपालिका स्थित ढल्केवरमा दैनिक पत्रिकाहरु वितरण गरी अध्ययन गर्दै  आएका मिथिला नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय विवेक कुमार महतोको शव आँपको बगैचामा झुण्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले जनाए ।

पत्रिका बाड्दै हिड्ने यूवक विवेकको शव अचानक झुण्डिएको अवस्थामा भेट्नु रहस्यमय रहेको भन्दै स्थानीयवासी चिन्तित छन् । ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत्त विवेकले आत्महत्या गरेको हो वा होइन सोबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस