आयोडिनबारे प्रचारात्मक कार्यक्रम : ९१ प्रतिशत परिवारले खान्छन् आयोडिनयुक्त नुन

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, १९ : ०८
आयोडिनबारे प्रचारात्मक कार्यक्रम : ९१ प्रतिशत परिवारले खान्छन् आयोडिनयुक्त नुन

चितवन । हरेक वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुमपा मनाईदै आइएको छ । अन्य जिल्लामा झैँ यही माघ १८ देखि चितवनमा पनि साल्ट ट्रेडिङ कर्पाेरेशनले विभन्नि कार्यक्रम गरी एक महिना व्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशनले चितवन शाखाले यहाँ लगायत गोरखा, नवलपरासी, तनहुँ जिल्लामा कार्यक्रम भइरहेको शाखाका प्रमखु वुद्धिविनोद दाहालले जानकारी दिए । उनका अनुसार स्कुलस्तरीय कार्यक्रम मात्रै १० वटा छन् । यस्तै स्वास्थ्य संस्था, महिला समुहसँग सचेतनामुलक कर्याक्रम ६ वटा गरिएको छ । हाट बजारमा प्रचार प्रसार, व्यानर टाँस, विभिन्न सन्देश प्रसारण लगायतका कार्यक्रमहरु रहेको दाहालले बताए । 

पछिल्लो सरकारी सर्वेक्षण अनुसार नेपालमा ९१ प्रतिशत परिवारले आफ्नो भान्सामा आयोडिन युक्त नुनको प्रयोग गरको छन् । अझै यसलाई एक सय प्रतिशतमा पुर्याउने सरकारी लक्ष्य छ ।  आयोडिन मन्थका अबसरमा साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड चितवनले सपिङ, झोला, स्कुल व्याग, टिसर्ट, पम्प्लेट वितरण गरिरहेको दाहालले बताए । 
आयोडिन सबै उमेरका व्यक्तिहरु तथा जीवनजस्तुहरुलाई दैनिक रुपमा नभइ नहुने सुक्ष्म पोषक तत्व हो । आयोडिनको कमिले मानसिक तथा शारीरिक  वृद्धि विकासमा अवरोध पुर्याउँछ ।  सहि मात्रामा आयोडिन नपाउनाले विभिन्न असरहरु देखिन्छ । 

आयोडिनको कमि भएमा घाँटीको ग्रन्थी बढ्ने भई गलगाउँड आउँछ । गर्भावस्थामा आयोडिनको कमि भए गर्भ तुहिन्छ, मृत बच्चा जन्मिनसक्ने हुन्छ । बौद्धिक विकासमा असर पर्छ । रोग संक्रमणबाट लड्ने क्षेमतामा ह्रास आउँछ । आयोडिनमो मात्रा मिलाएर गाई भैसीबाट दुध उत्पादन बृद्धि हुने हुन्छ । 
आयोडिन जिवन भरमा एक चम्चा मात्र खाए पुग्छ । तर एकैपटक नभई हरेक दिन थोरै थोरै खानु पर्छ । खासगरी गर्भ रहनु अघि, गर्भावस्थामा र गर्भावस्थापछि पनि नियमित रुपमा आयोडिन युक्त नुन नै खानुपर्ने विज्ञले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस