काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । थप समाचार आउँदै छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अमरराज पौडेलको इजलासले आज महरालाई निर्दोष ठहर गरेको हो । अदालतमा महराबारे आइतबार नै बहस सकिएको भएपनि आज फैसला आएको हो ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पूर्वसभामुख महरा पुर्पक्षका लागि जेलमा रहेका थिए ।महरामाथि १२ असोजको साँझ ती महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । जबरजस्ती करणी प्रकरणमा मुछिएपछि महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०७६, १४ : ४५
लेखकबाट थप