काठमाडौँ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अन्तिम सुनुवाई भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम सुनुवाई सकिएपनि फैसला भएन । महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ‘सम्भवतस् भोलि फैसला आउँछ’ उनले भने ।
सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायत आठजना अधिवक्ताले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०७६, १८ : ०८
लेखकबाट थप