मन्त्रिपरिषद बैठकको निर्णय : अख्तियारका सचिव महेश्वर न्यौपाने गृहसचिवमा

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, २१ : ३९
मन्त्रिपरिषद बैठकको निर्णय : अख्तियारका सचिव महेश्वर न्यौपाने गृहसचिवमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव बनाउने निर्णय गरेको हो ।

गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि सरकारले उनैलाई बनाउने निर्णय गरेको हो । 

यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।  
हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस