विर्तामोड । कचनकवल गाउँपालिका १ की दीपतारा तामाङको घरनजिकै सडक निर्माण भइरहेको छ । घरनजिकै सडक निर्माण हुँदा अधिकांश स्थानीय खुसी हुन्छन् । तर, यहाँका स्थानीयलाई सास्ती महसुस भएको छ ।
बिहानै उठ्यो, सडक निर्माण गर्दा उडेको धुलोले ढपक्क ढाकेको घर बढार्यो, उनी भन्छिन्, केही घण्टामै उस्तै हुँदा सडक अन्तै लगिदिए भए हुन्थ्यो भन्ने हुन्छ ।
सडकबाट बुङबुङ धुलो मात्र उड्छ । बर्षौं भयो निर्माण हुन थालेको अझै पूरा हुने छाँट छैन । स्थानीय ओमप्रसाद तिवारीले आफैं उब्जाएको सागसब्जी नखाएको धेरै भइसक्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ फागुन २०७४, ०६ : ५४
लेखकबाट थप