वरिष्ठ पत्रकार गुप्ताको निधनप्रति दुःख व्यक्त

रासस

विहीबार, १६ माघ २०७६, १४ : ४३
वरिष्ठ पत्रकार गुप्ताको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले बाँके शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्व पत्रकार गुप्ताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

  महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत नेपालगञ्जको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका गुप्ताको निधनले नेपाली पत्रकारिता जगत्ले एक सिद्धान्तनिष्ठ, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको उल्लेख गर्नुभएको छ । विगत केही वर्षदेखि अस्वस्थ्य रहनुभएका पत्रकार गुप्ताको ९२ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको हो । 

   लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुप्तालाई महासङ्घले २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । उहाँ २०५६ साल भदौदेखि २०५८ साल फागुनसम्म महासङ्घ बाँके शाखाको सभापति हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय ‘किरण साप्ताहिक’मा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । स्व गुप्ताका चार छोरा र तीन छोरी हुनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस