धनुषा । प्रदेश नम्बर २ को सभामुखको लागि राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सरोज यादवले उम्मेदवारी दर्ता गराएका छन् । राजपा नेपालको तर्फबाट यादवले मंगलबार प्रदेश सभाको सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारीको संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनार प्रस्तावक छन् भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लाल बाबु यादवले समर्थन जनाएका छन् ।
यादवको मात्रै उम्मेदवारी परेकाले उनी नर्विरोध सभामुख चयन हुने भएका छन् । सभामुख पद राजपा नेपालले र मुख्यमन्त्री फोरम नेपालले लिने गरि दुई दलबीच यसअघि नै सहमति भईसकेकोक छ ।
प्रतिक्रिया दिनुहोस