काठमाडौँ । साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्यामा उनकै साथीको संलग्नता रहेको खुलासा भएको । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा हत्यामा उनकै साथी दुल्लाहमियाँको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी सडकमार्ग हुँदै भारततर्फ भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए भने सोही रात होटलमा दुई जना मिलेर मदिरा सेवन गरेका थिए ।
मदिरा सेवनका क्रममा आपसी विवाद भएको र सोही क्रममा एकाएक ४५ वर्षीय मोहिद्दिन सुतेपछि त्यही मौकामा दुल्लाहमियाँले दाहिने आँखामा नखोलिएकै मदिराको बोतलले प्रहार गरेका थिए । त्यसपछि बेहोस बनेका मोहिद्दिनलाई दुल्लाहमियाँले फुटेको बोतलका सिसाहरु मुखमा कोटाएर विभत्स हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना माघ ७ गते बिहान ५ बजेतिरको भएपछि होटल सञ्चालकले त्यसको भोलिपल्ट अर्थात ८ गतेमात्रै खबर गरेका थिए । प्रहरीले घटना रहस्यमय भएको भन्दै सुरुमा होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि साथीको संलग्नता देखिएको भन्दै होटल सञ्चालकलाई रिहा गरिसकेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डीएसपी रुगम कुँवरले मोहिद्दिनको हत्या साथीबाटै भएको खुल्न आएको बताए । प्रहरीले उनी कलंकीबाट भाडाको बसमार्फत वीरगन्ज गइ त्यहाँबाट भारत पस्न सफल भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ क्यासिनोलाई अनुमति
क्यासिनो प्यालेसमा राजस्वको छापा, एक करोड ५ लाख बरामद