काठमाडौं । राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ ।
विभागको टोलीले गएराति छापा मारेर क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा विभागले छापा मारेको थियो । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको उनले बताए । विभागले अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर पनि नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, १० : ४२
लेखकबाट थप