kamana-sewa-bikas-bank

कामना सेवा विकास बैंकद्वारा नौरङ्गे टोललाई ६० थान डस्टबिन हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, ११ : ५९
कामना सेवा विकास बैंकद्वारा नौरङ्गे टोललाई ६० थान डस्टबिन हस्तान्तरण

भरतपुर । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका, वडा नं. १२ स्थित नौरङ्गे टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले सोमबार एक समारोहका बीच टोल विकास संस्थालाई ६० थान डस्टबिन हस्तान्तरण गरेका हुन् । 

नौरङ्गेस्थित धार्मिक पर्यटकीय स्थल धनगढा समेत समेटिएको टोललाई सरसफाईको क्षेत्रमा सहयोग पुग्नेगरी योगदान गर्न पाउँदा आफूहरू हर्षित भएको प्रबन्धक भण्डारीले बताए । बैंकले प्रदान गरेको डस्टबिनले टोलको सरसफाईमा योगदान पुग्ने विश्वास उनले प्रकट गरे ।  

‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले देशभरका ११७ शाखा तथा ६० वटा एटिएममार्फत् सेवा दिदैँ आएको प्रबन्धक भण्डारीले कार्यक्रममा बताए । चितवन जिल्लामा मात्रै बैंकको पाँच वटा शाखा रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बैंकले प्रदान गर्दै आइरहेको एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ तथा सी–एसबीए लगायतका सेवाहरूको बारेमा समेत टोलबासीलाई जानकारी गराइएको थियो । सेवाहरूको बारेमा जानकारी गराउँदै बैंकका वरिष्ठ सहायक प्रकाश पन्तले समय सापेक्ष रुपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको बताए । 

डस्टविन वितरण कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । आफ्नो टोलको सरसफाईमा टेवा पुर्‍याउने उद्देश्यले बैंकले डस्टबिन वितरण गरेकोमा अध्यक्ष पौडेलले टोलबासीको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस