रमेशराज भट्टराई र सम्झना मगरले सौरहामा मच्चाए धुम, आज मनोज र रमेशले फेरि तहल्का मच्चाउने

मंगलबार, ०१ फागुन २०७४, १० : ४९
रमेशराज भट्टराई र सम्झना मगरले सौरहामा मच्चाए धुम, आज मनोज र रमेशले फेरि तहल्का मच्चाउने

चितवन । सौरहामा जारी १२ औँ सौरहा फुड फेष्टीवलमा सोमबार संगितिक कार्यक्रममा दर्शकहरु धुमेका छन् । गायक रमेशराज भट्टराईले लगतार आफ्नो आधा दर्जन गीत मार्फत दर्शकलाई उफारेका थिए । उनले चर्चीत गीत बेहुला बनाउछु भन्थि ,नथियावाली बोलको गीतमा उपस्थित दर्शकलाई उफारेका थिए । उनले बाहुला बनाएएर गई गीतमा वान्स्मोर आएपछि ३ पटक सम्म सो गीत गाएका थिए ।

त्यस्तै लोक तथा दोहरी गायीका सम्झाना मगरले छिन छिन चुरा ,बत्ती बाल्न पर्दैन लगाएतका बोलका गीतहरुले दर्शकलाई नचाएकी थिईन । सौरहा फुड फेष्टिवलमा मंगलबार पनि विविध संकृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । दोहरी गायक गायिक जिवन दाहाल ,दुर्गा सापकोटा ,शिवहरि ढुङगना र राजन गुरुङको प्रस्तुती रहने फेष्टीवलका संयोजक कपिल रेग्मीले जानकारी दिए । साथै आज पनि रमेशराजसगैँ थारु चर्चीत गायक मनोज महत्तोको विशेष प्रस्तुती हुने समेत उनले बताए ।

५ दिनसम्म चल्ने फेष्टिवलको भोली प्रेम दिवसका दिन विशेष प्रस्तुती हुने रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए । साथैयो पटक देखि जनावरमैत्रीका रुपमा फेष्टिवललाई परिचित गराउन हात्तीहरुको प्रेम साटासाटसगैँ वनभोज कार्यक्रम थप आर्कषक हुने प्रचारप्रसार समितिका संयोजक सूर्य रिमालले बताए ।

 

प्रतिक्रिया दिनुहोस