यस्ता गलत प्रवृत्तिका कारण हिटरले लिन सक्छ ज्यान !

मंगलबार, ०७ माघ २०७६, १४ : २३
यस्ता गलत प्रवृत्तिका कारण हिटरले लिन सक्छ ज्यान !

काठमाडौँ । जाडोमा हिटर बालेर तातो हुने इच्छा कसलाई पो हुँदैन र ? तर हिटर बाल्दा सावधान नभए मानिसको ज्यान पनि जान सक्छ । 

दामनको पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको हिटरकै कारणले ज्यान गएको आशंका गरिएको छ । यद्यपी पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । हिटरको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।

हिटर प्रयोगमा सावधानी नअपनाए ज्यानै जान सक्ने चिकित्सकहरुजानकारहरु बताउँछन् ।

झ्याल ढोका बन्द गरेर हिटर मकाल बालेर सुत्दा अक्सिजन घटेर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड तथा हानिकारिक तथा विषालु किटाणुहरु जम्मा हुन्छ  र, अक्सिजन कमी हुने चिकित्सक बताउँछन् ।

हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानीहरुः
१ हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुपर्छ ।

२ हावा पास नहुने ठाउँमा हिटर बाल्नु हुदैन ।

३ मुटु रोगी तथा श्वासप्रश्वासका रोगीले हिटर प्रयोग गर्नु हुँदैन ।

४लामो समय हिटर प्रयोग गर्दा छालामा समस्या आउने हुँदा हिटर नजिक धेरै बस्नु हुदैन ।

५ सुत्ने बेलामा हिटर बालेर सुत्नु हुँदैन हिटर कोठामा खुल्लै पारेर कतै हिँड्नु पनि हुँदैन ।

६ आगोबाट जल्ने कुराहरु र बालबालिकाबाट हिटरलाई टाढै राख्नुपर्छ । 


 


 

प्रतिक्रिया दिनुहोस