काठमाडौँ । अन्नपूर्ण सर्किटको देउराली आसपासमा ४ कोरियाली पर्यटकसहित ३ नेपाली शुक्रबारदेखि सम्पर्क विहीन छन् । सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सयजना पर्यटक तथा गाइडहरुको शनिबार उद्धार गरिएको पर्यटन विभागले जनाएको छ ।
हिमाली क्षेत्रमा पदयात्राका लागि विदेशबाट हजारौं पर्यटकहरु नेपाल आउने गरेका छन्। पर्यटन विभागले टूर गाइडबिना हिमालय क्षेत्रको पदयात्रामा रोक लगाएको छ। हिमाली क्षेत्रको यात्रा क्रममा विभागले मौसम पूर्वानुमान हेरेर जान भनेको छ। कतिपय पर्यटकहरु टूर गाइड बिनै पदयात्रामा निस्कँदा हराउने, बेपत्ता हुने तथा हिमपहिरोमा पर्ने र फस्ने गरेका छन्।
आकस्मात हुने आउने प्राकृतिक बिपत्तिले जिउधनको क्षति हुने गरेको छ। एड्भेन्चर टुरिजम र हिमाली क्षेत्रको पदयात्राको लागि उत्कृष्ट गन्तव्य मानिने नेपाल भौगोलिक विविधता भएको राष्ट्र हो। हिन्दकुश पर्वत श्रृंखलाको मध्यक्षेत्रमा अवस्थित नेपाल जलवायू परिवर्तनको चौथो जोखिम मुलुकभित्र पर्छ। पूर्वी र मध्य क्षेत्रहरुमा धेरै हिमाल र हिमश्रृंखलाहरु छन्। यो क्षेत्रमा धेरै बरफ थुप्रिएका छन्।
के हो हिम पहिरो?
उच्च हिमाली क्षेत्रमा हिउँ बन्ने, झर्ने, थुप्रिने भइरन्छ। कम तापक्रम भएकाले यहाँ धेरै नै चिसो हुन्छ। शून्य डिग्रीभन्दा कम तापक्रम हुँदा बरफको थुप्रो ठूलो हुन्छ। हिउँ पर्दै (स्नो फ्लेक्स)हरु धेरै थुप्रिदा खस्ने सम्भावना हुन्छ। मौसम पूर्वानुमान महाशाखाका पूर्व प्रमुख समेत रहेका मौसमविद् मदनलाल श्रेष्ठ भन्छन्,' धेरै हिउँ जम्मा भएको स्थानमा जब अस्थिरता हुन्छ, तब हिउँ झर्छ। त्यही नै हिम पहिरो हो।'
हिम पिहरो कतिबेला जान्छ भनेर पूर्वनामून गर्न सकिदैन। पूर्वानुमान गर्न नसिकए पनि सतर्कता भने अपनाउन सकिन्छ। श्रेष्ठले भने,'पर्वतारोही र पर्यटकहरुले हिमाली भेगमा जाँदा मौसमको पूर्व जानकारी लिएर जानुपर्छ। कहिलेकाहीं उच्च भेगमा हिमपहिरो जान्छ। हिउँ खस्दा मानिसहरु त्यसैमा पुरिन्छन्। अनि बेपत्ता हुन्छन्।'
उनका अनुसार हिमपहिरो जानुमा पहाडको 'स्लोप' र हिउँ जमेको थुप्रोको मात्रा कारक हुन्छन्। भिरालो क्षेत्रले पहिरो जाने/नजाने कुराको निर्धारण गर्छ। भिरोलो क्षेत्रमा धेरै हिउँ जम्मा हुँदा जुनसुकै बेला खस्न सक्ने सम्भावना रहने भएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए।
हिम पहिरो र हिमतालको के सम्बन्ध छ?
उच्च हिमाली क्षेत्रको प्रसंग आउने बित्तिकै हिमताल विस्फोटन र हिमपहिरो (एभालेन्च)को प्रसंग आउँछ। नेपालमा रहेका हिमताल र फुट्न सक्ने हिमतालको विषयमा अध्ययन गरिएर त्यही अनुसारको पूर्वतयारी गर्न विज्ञहरुले सुझाव दिएका छन्। नेपाल सरकारले पनि विस्फोटको खतरामा रहेका हिमतालहरुको लगत उठाइसकेको छ।
अहिलेको नेपालको भूभागमा कुनै समय 'तेत्थिस' समुद्र थियो। जब इन्डियन र तिब्बतीयन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किए, तब हिमालय पर्वत श्रृंखलाको निर्माण भयो। त्यही भएर हिमाली क्षेत्र खुकुलो ढुंगा र माटोले बनेको छ। समुद्रका ‘सेडिमेन्ट्स’ हरू हिमालयमा पाइन्छन्। हिमालका ग्लेसियरहरू पग्लेपछि हिमताल बन्छ। ग्लेसियर हिउँ र बरफको ठूलो थुप्रो हो।
यो, बिस्तारै बग्छ र बग्नेक्रममा धेरै वस्तु आफूसँगै सोहोरेर लैजान्छ। ग्लेसीयर बग्नेक्रममा कुनै ठाउँहरू खाली हुन्छन्। त्यही खाली ठाउँमा हिउँहरू पग्लेर खाली ठाउँ भर्छन्। यी खाली ठाउँहरूमा नै हिमताल बन्छन्। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ माघ २०७६, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङको छिप्लुङमा हिमपहिरो, बोक्सी खोला थुनियो
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनाङको हिमपहिरो पन्छाउन थालियो