मलेसियामा ६०० नेपालीको रोजगारी गुम्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ माघ २०७६, ०९ : ००
मलेसियामा ६०० नेपालीको रोजगारी गुम्यो

काठमाडौं । मलेसियाको पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडीएन बीएचडी आर्थिक रुपमा धरासयी भएपछि ६०० नेपाली कामदारसहित १४ सय विदेशी कामदारले रोजगारी गुमाएका छन् । 

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सेप्टेम्बर ३० मा डब्लुआरपी कम्पनीले कामदारलाई जबरजस्ती रुपमा काममा लगाएको तथा श्रम शोषण गरेको दावी गर्दै उसका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो । 

अमेरिकी कदमपछि आर्थिक संकट उत्पन्न भएसँगै जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस