काठमाडौँ । सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ ।
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमबार सर्वोच्चले टुंग्याएको हो ।
समान प्रकृतिका अन्य केही मुद्दा समेत सर्वोच्चमा विचाराधीन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले कम्पनीको दाबी अस्वीकृत गर्दै भ्याट छलीमा दोषी ठहर गरेको हो ।
इजलासले शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको हो । सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदसर गर्दै कम्पनीहरुलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले इजलासले न्यायाधीकरणको फैसला सदर गरेको जानकारी दिए । गोरखापत्रले खबर छापेको छ । भाटभटेनीका मालिक मिनबहादुर गुरुङ बालुवाटार जग्गा हिनामिना प्रकरणमा पनि मुछिएका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ पुस २०७६, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी
५२ संवैधानिक पदाधिकारीविरुद्ध आज फेरि सुनुवाइ
सर्वोच्च अदालतमा १५ हजार ५ सय २१ मुद्दा छिनोफानो
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै