देखावटी मित्रता

शुक्रबार, २५ पुस २०७६, १७ : ०४
देखावटी मित्रता

काठमाडौं । भुवन केसी र राजेश हमालको बीचमा अघोषित शीतयुद्ध छ। राजेश आफूलाई महानायक ठान्ने तर अरूले माने पनि भुवन केसी उनलाई महानायक नमान्ने। त्यसैले भुवन अनौपचारिक कुराकानीमा हरबखत राजेशलाई महानायक भनेर गिज्याइरहन्छन्।

 केही समयअघिसम्म त भुवन राजेश आउने कार्यक्रममा पाइलै हाल्दैनथे। तर ‘क्याप्टेन’ फिल्मको प्रचारप्रसारताका भुवनले त्यो दुश्मनी बिर्सिए। राजेशले चलाउने ‘को बन्छ करोडपति’मा भुवन छोरा अनमोललाई समेत लिएर गए। त्यसयता उनले राजेश आउने–नआउने पर्वाह गर्न छाडेका छन्। बरु राजेशसँगै गफिन पनि थालेका छन्।

लस एन्जलसको एउटा अवार्डमा सँगै स्टेज सेयर गरेका यी दुई कामना अवार्डमा धेरै बेर गफिएका थिए। लगत्तै, नेफ्टा अवार्डको घोषणा कार्यक्रममा पनि दुवैको भेट हार्दिक देखिएको थियो। भुवनको राजेशप्रतिको रवैया परिवर्तन अध्ययनयोग्य छ। छोरालाई मेगास्टार बनाएपछि भुवनलाई महानायक पदवी कतै सानो त लाग्न थालेन ? - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस