बागलुङ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।
जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गर्नुभयो ।
स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो । ‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २५ पुस २०७६, १३ : ३३
लेखकबाट थप