काठमाडौं । ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गमा अतिक्रमण गर्ने देशका प्रतिष्ठित व्यक्तिहरु नै रहेका छन्। नीति निर्माण तहमा रहेका र प्रभाव पार्नसक्नेहरुले नै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा अतिक्रमण गरे।
यस्तै निती निर्माण गर्ने तहमा रहेकाहरुले सैबुको नख्खु खोलाको हजार भन्दा बढी रोपनी जग्गा अतिक्रमण गरेका छन्। नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषदबाट गरेर हजार रोपनी जग्गा अतिक्रमण गर्नेमा समाजवादीका अध्यक्ष उपेन्द्र यादव, पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, व्यापारी राजेशबाबु श्रेष्ठलगायतका भीभीआपीहरु छन् भन्ने खबर दृष्टि साप्ताहिकमा छ।
यादव केही दिनअघिसम्म पनि वर्तमान सरकारमा काुनन मन्त्रालयको जिम्मेवारीसहित उप्रधानमन्त्री थिए। नक्कली खोला बनाएर जीवनभरको कमाई खर्च गरी जग्गा किनेर घर बनाएका करिब ३ सय घरपरिवारलाई उठीबास लगाउने काम भएको छ।
उनीहरुले अहिले धमाधम नख्खु खोला बगिरहेको ठाउँमा जग्गा प्लानिङ गरिरहेका छन्। नक्कली नख्खु खोलामा छिटो ढल हाल्न पनि उनीहरुले दबाब दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ पुस २०७६, ०८ : ०५
लेखकबाट थप