सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको ७६ हजार

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, १३ : १९
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको ७६ हजार

काठमाडौं । सुनको मूल्य बढेर तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । यो हलसम्मकै उच्च मूल्य हो ।

सोमबार तोलामा ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो । 
 
पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।  सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस