आगामी तीन दिन मौसममा खरावी

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, ०८ : ३८
आगामी तीन दिन मौसममा खरावी

काठमाडौँ । आगामी तीन दिन मौसममा खरावी आउने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

यस्तै पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । यस्तै राति देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिभने देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै शनिबार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडि तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार रातिभने देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस