साढे सात वर्षमा निक्षेप दोब्बर : नेपाल ईन्भेष्टमेन्ट बैंकको नयाँ वर्ष लक्षित योजना

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, २२ : ०८
साढे सात वर्षमा निक्षेप दोब्बर : नेपाल ईन्भेष्टमेन्ट बैंकको नयाँ वर्ष लक्षित योजना

काठमाण्डौ । अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेस्टमेन्ट बैंकले ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ मा जम्मा गरिएको रकम साढे सात वर्षमा दोब्बर पारेर दिने योजना ल्याएको छ ।

बैंकले सामाजिक रूपमा जिम्मेवार रह्न आफ्नो निरन्तरको संकल्पसहित  दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहितको यो बिशेष योजना ल्याएको जनाएको छ । बैंकले यो योजनाबाट निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ ।

विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा बैंकले यो योजनाको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुने मात्र नभई यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ ।’

बैंकले विज्ञप्ति जारी गर्दै यो लगानीका क्षेत्रहरू विशुद्ध रूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएको उल्लेख गरेको छ ।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा  ५० प्रतिशत छुट र राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस