काठमाडौं। सर्वाेच्च अदालतको पछिल्लो १५ वर्षको मुद्दा फछ्र्योट चिन्ताजनक अवस्थामा देखिएको छ । १५ वर्षअघिदेखिको रेकर्ड हेर्दा सर्वोेच्चले मुस्किलले सबैभन्दा धेरै ३६ प्र्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ ।
तीन वटा पञ्चवर्षीय योजनामा सर्वोच्च आफैंले राखेको रणनीतिक योजनामा असफल भएपछि चौथो पञ्चवर्षीय रणनीतिक योजनामा कति मुद्दा फछ्र्योट गर्ने भन्ने समेटिएन । तर, उच्च अदालत र जिल्ला अदालतका हकमा भने रणनीतिक योजना तथा लक्ष्य निर्धारण गरियो । प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर जबराले नेतृत्व गरेपछि सर्वोच्चको २०७५÷७६ को प्रतिवेदनमा मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत कमी आएको उल्लेख छ ।
सर्वोच्चमा ३०.७६ प्रतिशत मात्र मुद्दा छिनिएको छ । सर्वोच्चमा पुराना र नयाँ गरी ३४ हजार ९ सय २२ थान मुद्दा रहेकामा यस वर्ष १० हजार ७ सय ४२ थान मात्र फछ्र्योट भएको छ । जुन गत वर्षभन्दा १३.५ प्रतिशत थोरै हो भने कुल मुद्दामा ३० प्रतिशत मात्र सफलता मिलेको छ । ओमप्रकाश मिश्रको पालामा आर्थिक वर्ष २०७४/७५ मा २५ हजार ५ सय ९४ मुद्दामा ९ हजार १ सय २७ थान मुद्दा फछ्र्योट अर्थात् ३६.१६ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ ।
उच्च अदालतमा भने ६३.८१ प्रतिशत मुद्दामा सफलता मिलेको छ । जिल्ला अदालतले ५८.८७ प्रतिशत मुद्दामा सफलता हात पारेको छ । सर्वोच्चले भने वार्षिक प्रतिवेदनमा न्यायाधीश र जनशक्ति अभाव, कम बजेट, साधन, स्रोत र प्रविधिको कारण दर्साउँदै आएको छ । राजधानी दैनिकम खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ पुस २०७६, ०८ : ०५
लेखकबाट थप