चितवन । मध्य नेपालको सुन्दर शहर सुसंस्कृत र समृद्द भरतपुर महानगरपालिका भन्ने मुल नाराका साथ मगानगरपालिकाको समग्र विकासमा सक्रीयताका साथ लाग्नुपर्ने निर्णयसहित आइतबार भरतपुर महानगरपालिकाको पाँचौं नगर परिषद् सम्पन्न भएको छ ।
पॉचौ नगर परिषद्का क्रममा प्रमुख रेनु दाहालद्वारा प्रस्तुत ७३ बुँदे प्रगति विवरण पारित गर्दै सम्पन्न भएको हो । पाँचौ नगरसभाले महानगरको कार्य संचालनमा सहजता ल्याउन आवश्यक विधेयक तथा कार्यविधिहरु पारित तथा संसोधन गरेको छ ।
सभाले भरतपुर महानगरपालिकाको पुरक बजेट, भरतपुर नगर सभाको आर्थिक विधेयक, भरतपुर महानगरपालिका न्यायिक समिति कार्यविधि, भरतपुर महानगरपालिकाको सहकारी विधयेक संसोधन विधेयक परित गरेको छ । त्यस्तै सभाले भरतपुर महानगरपालिकाको प्राकृतिक तथा वातावरण संरक्षण विधेयकका साथै हालसम्म भरतपुर महानगरपालिकाले गरेका काम कारवाही तथा निर्णयहरु अनुमोदनसहित पारित गरेको छ ।
सभामा नगर कार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्ताविट निति कार्यक्रम र विधेयकमाथि आफ्नो धारणा राखेका थिए । सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज सुबेदीले विषयगत क्षेत्रबाट आएका जिज्ञासाहरुको सुझाव तथा जवाफ दिनुभएको थियो ।
पाँचौ नगरसभाको समापनका अवसरमा महानगर प्रमुख रेनु दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको भन्दै त्यसका लागि सम्पूर्ण जनप्रतिनिधी , कर्मचारी नागरिक समाज र सम्पूर्ण नगरवासीको सामुहिक चिन्ता, चासो र निगरानी जरुरी हुने बताउँदै आफूले सबैसँग त्यही अपेक्षा लिएको बताउनुभयो ।
प्रमुख दाहालले महानगरपालिकाले महानगरपालिकाको आर्थिक साधन स्रोतको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै सघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताउँदै उहाँले रिङ्गरोड, लिङ्करोड, रानीपोखरी पार्क, लक्ष्मीनारायण मन्दिर, प्रचण्ड मार्ग, सिटीहल, बहु प्राविधिक शिक्षालय, इन्जिनियरिङ्ग कलेज संचालन लगायतका सयौं आयोजनाहरुको काम भैरहेको बताउँदै उहाँले नदी नियन्त्रण तथा तटबन्धनका साथै गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला जस्ता गौरवका आयोजनाहरु सुचारु रुपमा अगाडि बढिरहेको बताउँदै कृषि, स्वास्थ्य , शिक्षा पूर्वाधार विकास सामाजिक विकासमा विशेष ध्यान दिइएको बताउनु भयो ।
वर्षौंदेखि अलपत्र परिरहेको आँपटारी बसपार्क कामको निर्माणले अब तीब्रता पाउने बताउँदै यसका लागि ४१ करोडको डेन्डस समेत भैरहेको बताउनु भयो । विमानस्थल विस्तार र पुलचोक गोन्द्रा«ङ्ग छ लेनको बनि छाड्ने बताउँदै केही समय पछि काम सुरु हुने बताउनु भयो । प्रमुख दाहालले पाँचौं नगरसभा भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो प्रमुख दाहालले आगामी परिषद्मा सत प्रतिशत प्रगति हाँसिल गर्ने गरी आजैदेखि काम अगाडि बढाउन जनप्रतिनिधी तथा कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
सभामा उपप्रमुख पार्वती शाह ठकुरीले पाँचौं नगर सभा सौहार्दपूर्ण वातावरणमा भव्य र सभ्यरुपमा सम्पन्न भएको बताउँदै सुखी नेपाली संमृद्ध नेपाल निर्माणको दिसामा सबैको सामुहिक सहयोगको अपेक्षा लिएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष तथा प्रवक्ता अरुण पीडित भण्डारीले नगर सभामा सहभागी नगर सदस्यहरुको रचनात्मक सुझाव र वडाका भोगाइहरु अनुकरणीय रहेको भन्दै हामी सबैको साझा चाहना भरतपुर महानगरपालिकाको दिगो र आत्मनिर्भर विकासमा नै भएकोमा जोड दिँदै सबैलाई आआफ्नौ ठाउँबाट योगदान दिन आग्रह गर्नुभयो । महानगरपालिकाको विकास र सुशासन सुन्तालाको जस्तो नभइ स्याउको जस्तो हुनुपर्ने बताउँदै भरतपुर महानगरपालिकाका जनप्रतिनिधीहरु महानगरपालिकाको विकास र समृद्धिका लागि स्याउको जस्तो एकता कायम गरेर अगाडि बढिरहेको बताउनुभयो ।
अध्यक्ष चित्रसेन अधिकारीले महानगरपालिकाको समग्र आर्थिक सामाजिक विकासमा सबैको सामुहिक योगदान हुनुपर्ने बताउँदै सबैलाई विकास निर्माण र सुशासनमा केन्द्रित हुन आग्रह गर्नुभएको थियो । स्थानीय आवश्यकता र बजेटको परिधिभित्र रहेर भरतपुर महानगरपालिकाले समानुपातिक ढंगले विकास गरिरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष