काठमाडाैं । चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुई वटा विमान पठाउने भएको छ ।
नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमवार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ । सोहीअनुसार आगामी साता दुई वटा विमान नेपाल आउने भएका हुन् ।
नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ ।
एक-दुई दिनभित्रै उनीहरालई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ पुस २०७६, ०७ : ४४
लेखकबाट थप