काठमाडौँ । चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे र बेलुकी पख र राति माइनस १६ देखि २० डिग्रीसम्म पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् । थोराङला बेसक्यामदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताउनुभयो तल्लो भेगमा समेत अधिकांश मानिस जिल्ला छोडी सकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० पुस २०७६, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर
बाँकेमा चिसोले जनजीवन प्रभावित
चिसो बढेपछि गौरका विद्यालय ३ दिनका लागि बन्द
चिसोले तराई-मधेसको जनजीवन प्रभावित
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध