बिहिबार राजधानीमा यस वर्षकै सर्वाधिक चिसो

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, ०८ : ०३
बिहिबार राजधानीमा यस वर्षकै सर्वाधिक चिसो

काठमाडौँ । काठमाडौँमा बिहीबार यसवर्षकै सर्वाधिक चिसो भएको छ । बिहीबार काठमाडौँको तापक्रम १ डिग्रीमा झरेको छ । यसअघि बुधबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको थियो । मौसमबिद्का अनुसार तापक्रम अझै घट्न सक्छ । 

यसैगरी जुम्लाको न्यूनतम तापक्रम माइनस ६.४, डडेलधुराको २, दिपायलको ४.६, नेपालगन्जको .,  पोखराको ७.७, भैरहवाको ११.४, सिमराको १०, ताप्लेजुङको ४.४ डिग्री सेल्सियस रहेको छ ।  यस्तै तराईका जिल्लाहरुमा शीतलहरसँगै जनजीवन कष्टकर बनेको जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस