किन पुगे प्रचण्ड बामदेव भेट्न उनकै निवास ?

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १० : २५
किन पुगे प्रचण्ड बामदेव भेट्न उनकै निवास ?

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड पार्टीलाई गति दिलाउन पार्टी भित्रकै नेताहरुसँगको तिव्र आन्तरिक छलफलमा छन् । ४ मंसिरमा पार्टी हाँक्ने गरी सचिवालयबाट जिम्मेवारी पाएपछि उनले पार्टीभित्रका अनेक समस्या समाधानको सूत्र पहिल्याउनका लागि शीर्ष नेताहरुसँगको छलफललाई घनीभूत बनाएका छन् ।

पार्टी कामको जिम्मेवारी पाएपछि प्रचण्डले अबरुद्ध पार्टी संगठनको ट्रयाक खोलिसकेका छन् । एक वर्ष देखि बस्न नसकेको स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बराहीमा एक साता सम्म राखेर पार्टीलाई गतिशिल बनाईसकेका मात्र छैनन, लामो समय देखि बस्न नसकेको केन्द्रीय समिति बैठक पनि बोलाईसकेको छन् । केन्द्रीय समिति बैठक प्रचण्डले २३ पुसमा काठमाडौंमा बस्ने गरी बोलाएका छन् । उनले स्थायी समिति बैठकमा देखिएको जोडकोणलाई सुक्ष्म अध्ययन गदै नेताहरुको मनोविज्ञान र निरन्तरको परामर्शकै आधारमा पार्टीका आगामी योजना तयार पार्ने नीति लिएका छन् ।

उनले पार्टीका प्रायः सबै शीर्ष नेताहरुसँगको औपचारिक÷अनौपचारिक छलफल घनिभूत बनाएका छन् । सकभर विवादमुक्त बनाई पार्टीका बैठकहरु आयोजना गर्ने, बढी भन्दा बढी नेताहरुका सुझाव समेत लिएर पार्टीलाई सामुहिकतामा गति दिने योजनामा प्रचण्ड देखिएका छन् । स्थायी समितिमा प्रस्तुत राजनीतिक प्रतिवेदन तयार पार्ने क्रममा पनि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली देखि सचिवालयका अन्य शीर्ष नेताहरु र प्रभावशाली नेताहरुका बीचमा अनेकन छलफल र परामर्श पनि उनले गरेका थिए । जसकारण उनले तयार पारेको र ओलीको समेत सहमति रहेको राजनीतिक प्रस्ताव सर्वसम्मत स्थायी समिति बैठकले पारित गरेको थियो ।

स्थायी समिति बैठकको समापन र आगामी केन्द्रीय समिति बैठकको तयारीका लागि पनि उनले पार्टीभित्र अहिले छलफललाई तिव्रता दिन थालेका छन् । यो बीचमा स्थायी समिती बैठकको समिक्षा र केन्द्रीय समिति बैठकको तयारीका लागि प्रचण्डले प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालय सदस्यहरु वामदेव गौतम, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीसँग स्थायी समिति बैठक सकेपछि पनि तीन पटक भेटेर छलफल गरिसकेका छन् ।

पार्टीमा प्रतिपक्ष देखिन सक्ने वरिष्ठ नेता माधव नेपालका असन्तुष्टिलाई पनि पार्टी भित्रैबाट छलफलमा लगेर सहमतिको खोजीमा पनि प्रचण्ड देखिएका छन् । उनले नेता नेपालसँगको पनि परामर्शका आधारमा पार्टी सञ्चालन गरिरहेका छन् । सोमबार उनले पार्टीका नेता तथा सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग आफ्नै निवास खुमलटारमा भेट गरेका थिए ।

हिजो मंगलबार पनि प्रचण्डले पार्टीको शीर्ष नेताहरुसँगको भेटलाई तिव्रता दिए । बिहान उनले आफ्नै निवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा बादल, जर्नादन शर्मा लगायत नेताहरुसँग अलग अलग छलफल गरेका थिए । त्यसपछि भने उनी प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भंैसेपाटी आवास क्षेत्रमा पुगेर भेट गरेका थिए । गौतमलाई भेटन उनकै निवास पुगेका प्रचण्डले साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । पार्टीभित्र देखिएका अनेक धुव्रलाई समेटेर सामुहिकतामा पार्टीलाई अगाडी बढाउन उनले चालेको यो परामर्शलाई नेकपा नेताहरुले सकारात्मक रुपमा लिएका छन् ।

‘पार्टीमा कसैसँग सल्लाह नगर्ने, आफ्नै शैलीमा हिडउने र एक्लै हिडउन खोज्ने नेतृत्वको शैली देखिन्थ्यो, तर प्रचण्डले अहिले सबैसँग परामर्श गरेरै पार्टीलाई अगाडी बढाउन खोज्नुभएको देखिन्छ,’ नेकपाका एक स्थायी समिति सदस्यले भने,–‘यस्ता छलफलले पार्टीभित्रको विवादलाई सा“घु¥याउने र पार्टीलाई जीवन्त बनाई सबैको सामुहिकतामा गति दिन बल नै पुग्ने देखिन्छ । यो राम्रो पक्ष हो ।’
 

प्रतिक्रिया दिनुहोस