काठमाडौँ । केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गर्नुभएको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय आजदेखि पुस ९ गतेसम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई अपिल गर्नुभएको छ ।
यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाअन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत पुस ७ गते अर्थात् आजदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ । गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।
जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मङ्गलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । राजविराज नगरपालिकाले पुस ६ गते आइतबारदेखि पुस ८ गते मङ्गलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ पुस २०७६, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर
बाँकेमा चिसोले जनजीवन प्रभावित
चिसो बढेपछि गौरका विद्यालय ३ दिनका लागि बन्द
चिसोले तराई-मधेसको जनजीवन प्रभावित
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध