भरतपुर २२ मा उद्घोषण तालिम सुरु

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १७ : ४७
भरतपुर २२ मा उद्घोषण तालिम सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २२ मा आजबाट उद्घोषण तालिम सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने तालिमको वडाध्यक्ष विष्णुराज महत्तोले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष महत्तोले वडावासीहरुलाई सबल र सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए । 

उनले यस क्षेत्रका महिलाहरुका लागि तालिम उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे । सिकेका ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न पनि प्रशिक्षार्थीहरुलाई आग्रह गरे । 

कार्यक्रममा प्र्रशिक्षक अनिल भट्टराईले एक हप्ते तालिमले महिलाहरुलाई नेतृत्व तहमा आउन प्रेरित गर्ने बताउँदै तालिम अघि र तालिम प्राप्त गरी सकेपछि महिलाहरुमा समेत आमुल परिवर्तन देखिने बताए । 

अर्का प्रशिक्षक उर्गेन तामाङले तालिममा सहभागि हुनुभन्दा पनि सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वय गर्नु महत्वपुर्ण हुने बताए । उनले धैर्यता, लगनशिलता र निरन्तरता भए एउटा प्रशिक्षार्थी पनि पछि गएर सफल प्रशिक्षक बन्न सक्ने भएकाले ध्यान दिएर सिक्न आग्रह गरे । 

वडा कार्यालयको आयोजनामा सञ्चालित तालिममा वडा नम्बर २२ का विभिन्न स्थानका करिव ५० जना महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा वडा सदस्यहरु देउमाया विक, प्रेम बहादुर थापा र सोम बहादुर गुरुङको आतिथ्यता रहेको थियो । वडा सचिव नवराज खनालले सहजीकरण गर्नुभएको थियो । 
 

प्रतिक्रिया दिनुहोस