चितवन । हङकङमा बस्ने चितवनवासीको संस्था चितवन समाज हङकङले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी शारदानगरलाई चितवन समाज हङकङले एम्बुलेन्स सहयोग गरेको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले एम्बुलेन्स सञ्चालनका उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उहाँले उच्च स्तरको एम्बुलेन्सले यस क्षेत्रका बासिन्दालाई फाइदा पुग्ने बताउनुभयो ।
समाजका अध्यक्ष ओमराज गुरुङले ६० प्रतिशत चितवन समाज हङकङको र ४० प्रतिशत नेपाल रेडक्रस सोसाइटी शारदानगर उपशाखाको लगानीमा ख श्रेणाीको एम्बुलेन्स सहयोग गरेको बताउनुभयो । झन्डै १८ लाखको सो एम्बुलेन्सको अबको खर्च सबै नेपाल रेडक्रस सोसाइटी शारदानगरको हुनेछ ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र समाजका अध्यक्ष ओमराज गुरुङले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटी शारदानगरलाई हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्सको अभावमा सो क्षेत्रका बासिन्दाहरुले बिरामीलाई अस्पताल लैजाँदा असजिलो भएको थियो ।
समाजले यसअघि माडी कल्याणपुरमा पनि एम्बुलेन्स सहयोग गरेको थियो । चितवन हङकङ सम्पर्क समाजका अध्यक्ष विष्णु ढकालले नर्सिङसहित राख्न मिल्ने एम्बुलेन्सले बिरामीलाई धेरै नै सहयोग पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०७६, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा