काठमाडौँ । खानपानमा मात्रै सामान्य ध्यान दिए पनि चिसोबाट बच्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । जाडोमा मानिसहरु धेरै नै अल्छी हुनपुग्छन् । अझ तपाईं बाक्लो लुगा लगाएर जाडो काट्ने सोच्नुहुन्छ । तर केवल लगाइमा ध्यान दिएर मात्रै जाडोबाट बच्न सकिँदेन । यसबाहेक खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।
खानपानले पनि तपाईंको शरीरले जाडो महसुस गर्नुपर्दैन तर त्यसका लागि ससानै कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । निम्नलिखित खानेकुराहरु जसले जाडोमा तपाईंको शरीरमा तापक्रम बढाउँछः
दालचिनीः दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउन्छ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
कालो मरिचः कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ र लाग्न पनि दिँदैन ।
लसुन र मेथीः लसुन एण्टीबायोटीक भएकले रुघा खोकी निको पार्ने औषधिकै रुपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । मेथीको लड्डु पनि स्वास्थ्यका लागि फाइदा गर्दछ ।
महः मह पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । महको प्रयोग जुनसुकै मौसममा खादापनि स्वास्थ्यलाई फाइदा नै गर्छ तर जाडोमा यसले पाचन प्रणालीलाई तन्दुरुस्त राख्दछ भने रोगप्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ ।
अन्डाः प्रोटिन, क्याल्सियम ओमेगा र फ्याट्री एसिडबाट अण्डा जाडो याममा जाडो काट्ने उपयुक्त विकल्प हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा र बेफाइदा
जाडोमा छालाको स्याहार कसरी गर्ने?
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?